काठमाडौं । राजधानीको बसपार्क क्षेत्रमा तनाव भएको छ । दिपक कुँवरको स्वामित्व रहेको ल्होत्से बहुउद्देश्यीय प्रालीले बसपार्क क्षेत्रबाट विभिन्न जिल्लामा छुट्दै आएका माइक्रो तथा बसहरुलाई आफूले शुल्क लिन पाउने गरि नयाँ बसपार्क क्षेत्र भित्र राख्न भन्दै प्रहरी प्रशासन लगाएपछि तनाव भएको हो ।
यसअघि माछापोखरी चोक नजिकैबाट धादिङ छुट्दै आएका बसहरुलाई कुँवरले कम्प्लेक्स बनाइरहेको बसपार्क क्षेत्र भित्र राखेर शुल्क असुल्न प्रहरी लगाएपछि यातयात व्यावसायी विरोधमा उत्रिएका छन् ।
यातयात व्यावसायी महासंघका महासचिव सरोज सिटौला लगायतले आर्थिक प्रलोभनमा परेर सबै बस तथा माइक्रोलाई बसपार्क भित्र राख्न प्रपञ्च रचेको यातयात व्यावसायीको आरोप छ ।
यसअघि बिजि मल नजिकैबाट पोखरा लगायतका क्षेत्रमा छुट्दै आएका माइक्रोहरुलाई विभिन्न शुल्क लिएर बसपार्क क्षेत्र भित्र हुल्न प्रहरी लगायरै दबाव दिएको यातयात व्यावसायीको भनाई छ ।
ल्होत्सेले बसपार्क भित्र छिर्ने हरेक सवारी साधनलाई २ वटा विल काट्ने गरेकाे छ । प्रति सवारी ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म प्रवेश शुल्क लिने गरेकाे छ । ल्हाेत्सेले काेराेना महामारी यता ३ सय प्रतिशत शुल्क बढाएकाे भएपनि सराेकारवाला निकाय माैन छन् ।
बसपार्क क्षेत्रमा यहि विषयलाई लिएर अहिले तनाव भइरहेको छ ।