माइतीघरमा ४६ दिनदेखि धर्नारत महिलालाई प्रधानमन्त्रीले बोलाए छलफलमा

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंको माइतीघरमा धर्नारत बाँकेका महिलाहरुलाई छलफलका लागि बोलाएका छन् । गृह मन्त्रालयको समेत जिम्मेवारी लिइरहेका प्रधानमन्त्री दाहालले एकल महिला निर्मला कुर्मी बेपत्ता, अपहरण र हत्या भएको घटनामा दोषीलाई कारबाहीको माग गर्दै धर्ना बसेको ४६ दिनपछि माग सम्बोधनका लागि छलफल गर्न समय दिएका हुन् । आन्दोलनको नेतृत्व गरिरहेको महिला अधिकारकर्मी रुबी खानले प्रधानमन्त्री दाहालले सोमबार बिहान छलफलका लागि बोलाएको बताइन् । ‘हामी ४६ दिनदेखि न्यायका लागि संघर्ष गरिरहेका छौं । प्रधानमन्त्रीजीले बल्ल हाम्रोबारे थाहा पाउनुभएछ र भेट्ने वातावरण मिलेको छ,’ उनले भनिन् ।