काठमाडौं । गत माघ १७ गते यातायात मजदुर संगठनहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दशबुँदे माग बुझाएका थिए । त्यसबारे २९ माघमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघ गरेर तीनवटै संगठनहरू नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक केन्द्रीय महासंघसहितका सरोकारवालहरूसहित छलफल भएको थियो ।
छलफलका निष्कर्ष सार्वजनिक गर्ने र ३ फागुनमा देशव्यापी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने पूर्वानिर्धारित कार्यक्रमअनुसार गंगबुस्थित नयाँ बसपार्कमा भेला भएका वेला नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर, लोत्सेकै कर्मचारीहरू पंकज मल्ल, हिमाल कुँवरलगायत अपरिचित ३० जनाको समूहले आक्रमण गरेपछि यातायात मजदुरहरु आन्दोलित भएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने, ‘हाम्रा १० बुँदे मागहरू थिए । त्यसलाई सार्वजनिक गर्ने कार्यक्रम थियो। तर कम्पनीका महाप्रबन्धक सुनिल कुँवर लगायत अपरिचित व्यक्तिहरुको समूहले हातपात गरेपछि हामीले आन्दोलन ग¥यौं । ’
ट्राफिक प्रहरीले ल्होत्सेलाई फाइदा हुने गरि नियम बनाएपछि आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी समेत गरेका छन् । योसँगै उनीहरुले भोलिदेखि अनिश्चितकालका लागि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् ।
उनीहरूका अनुसार आक्रमणबाट दर्जनौँ मजदुरहरू घाइते भएका छन् । ट्राफिक प्रहरीको प्रमुखमा डिआइजी मिरा चौधरी छिन् । प्रहरी सेवामा आएदेखि नै विवादमा नपरेकी चौधरी बसपार्क काण्डले भने विवादमा आएकी छिन् । ग्राण्डी अस्पतालका मालिक समेत रहेका दिपक कुँवरलाई फाइदा हुने गरि ट्राफिक प्रहरीको नियम नै बदलेको उनीमाथिको आरोप छ ।
बसपार्क भित्र ल्होत्से समुहको गुण्डागर्दी : कार्यक्रम गर्न गएका मजदुरमाथि निर्घात कुटपीट !
नयाँ बसपार्क क्षेत्रमा तनाव : ल्होत्सेले शुल्क उठाउन प्रशासन लगाएपछि यातयात व्यावसायी आन्दोलित