बालाजु डिएसपी बिष्टलाई जिम्मेवारीबाट हटाइयो

स्थिति नियन्त्रणमा लिन नसकेको आरोप

दियो पोस्ट  

काठमाडौं । प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ । डिएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी वृत्त बालाजुमा त्रिभुवन विमानस्थलमा कार्यरत डीएसपी मनोजित कुँवरलाई पठाइएको छ । सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए ।

प्रदर्शनमा भएको झडपमा डीएसपी विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) यातायात मजदुरले जलाएका थिए । प्रहरी वृत्त बालाजुको बा. झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जनाएका छन् । डिएसपी बिस्टमाथि प्रहरीको गाडी जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको आरोप छ ।