बनेपामा मौलायो नक्कली पार्टपुर्जाको व्यापार

दियो पोस्ट  

काठमाडौं । काभ्रेको बनेपामा नक्कली पार्टपुर्जा (मोटर पार्टस्)हरुको व्यापार अत्याधिक बढ्न थालेको छ । गाडी व्यवसायीहरुको फाईदा उठाउँदै मोटर पार्टस् व्यापारी हरुले यस्तो ठगी धन्दा चलाउँदै आएका छन् । बिशेषगरी टाटा गाडी र पार्टपुर्जाहरु प्रति आकर्षित गाडीका सक्कली पार्टपुर्जाको सट्टा उस्तै देखिने नक्कली र कमजोर पुर्जाको कारोवार गर्ने गरेको देखिएको छ । बनेपा र वरीपरी रहेका अधिकांश पार्टस् व्यवसायी अहिले यसरी ठगी धन्दामा संलग्न रहेको पाईएको छ ।

हरेका वर्ष करोडौं मुल्यको पार्टपुर्जा कारोवार हुने यस क्षेत्रमा राज्य र प्रशासनको आँखा भने पुगेको छैन । गाडी मर्मत गर्ने मेकानिक्स हरुलाई प्रलोभनमा पारी ठगी गर्ने यवसायीहरुका कारणले सक्कली पार्टपुर्जाको कारोवार गर्ने व्यवसायीहरु यस व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन् । नक्कली पार्टपुर्जाको प्रयोगकै कारणले अत्याधिक दुर्घटना बढेको पाईएको छ । पहाडी भेगमा चल्ने बस, ट्रक, पिकअपहरु दुर्घटना भई वर्षेनी लाखौ धनजनको क्षति भैरहेको अनि यसकै कारणले टिपरहरु दुर्घटनामा व्यापक क्षति हुँदा पनि सम्बन्धित निकायको चासो नपुग्दा यस क्षेत्रका मानिसहरुमा आव्रmोस बढ्दै गएको छ ।

खासगरी छिमेकी मुलुक भारतमा उत्पादन हुने र तस्करी गरी भित्राउने यस्ता नक्कली पार्टपुर्जाहरुको आयात सरकारी राजश्व व्यापक रुपमा गुमिरहदा पनि सरकारले आफ्नो उपस्थिती नदेखाउनु बिडम्वनापूर्ण स्थिति छ ।