काठमाडौं । काठमाडौँको धुम्बाराहीस्थित याक ब्रुअरी कम्पनीले मापदण्ड नपुर्याइ विभिन्न बान्डका बियर तथा ह्विस्की उत्पादन गरी जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको पाइएको छ ।
केही दिन अघिमात्रै गुणस्तरहिन तथा म्याद गुज्रिसकेका बियर लगायतका पिए पदार्थहरु बजारमा ल्याएको थियो । त्यसको केही दिन लगत्तै सोही कम्पनीले उत्पादन गरेको पासपोर्ट नामको ह्वस्कीको बोतलमा किरा जस्तो देखिने वस्तु फेला परेपनि सावधानी अपनाएको पाइएको छैन ।
मदिरा उत्पादक संघका पूर्व अध्यक्ष रवि केसीको स्वामित्व रहेको याक ब्रुअरीद्वारा उत्पादित बाह्रसिंगे बेयर समेत उपभोग्य म्याद सकिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको थियो । विभागले २१ सय कार्टुन बेयर बरामद गरेको छ ।
बनस्थलीस्थित एक खुद्रा व्यापारीले पासपोर्ट नामको ह्वीस्कीमा यस्तो अखाध्य पदार्थ भेटिएको प्रमाण कम्पनिलाई दिँदा समेत कुनै स्थितिमा सुधार नभएको पाइएको छ ।
भिडियाे हेर्नुहाेस्