प्रचण्डसँगको छलफलपछि नेपालले भने– ‘राष्ट्रिय सहमतिमै राष्ट्रपति, अन्तिम निर्णय प्रचण्डको’

दियो पोस्ट  

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्नुपर्ने बताएका छन् । सिंहदरबारमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डसँगको छलफलपछि पत्रकारहरुसँग यस्तो बताएका हुन् ।

‘राष्ट्रिय सहमतिको उम्मेदवार आउनुपर्छ, यसमा सबै पक्षसँग कुराकानी गरेर मिलाउने काममा प्रमुख पहल प्रधानमन्त्रीले गर्नुपर्छ,’ नेपालले भने । राष्ट्रपतिमा धेरैको नाम चर्चामा भएको भन्दै उनले छलफलपछि मात्र टुंगो लाग्ने बताए । राष्ट्रपतिमा माधव नेपालको नाम चर्चामा रहेको भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘चर्चामा हुनु एउटा कुरा हो, अन्तिम टुंगोमा पुग्ने उहाँ (प्रचण्ड)को कुरा हो ।’