कठिन अवस्थामा स्कटल्यान्डविरुद्ध रोहितको अर्धशतक

दियो पोस्ट  

काठमाडों । स्कटल्यान्डले दिएको दुई सय १३ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ धर्मराइरहेको छ । तर, कप्तान रोहित पौडेल क्रिजमा डटिरहेका छन् । रोहितले अत्यन्त कठिन समयमा अर्धशतक प्रहार गरेका छन् । यो उनको सातौँ अर्धशतक हो ।

जारी प्रतियोगितामा भने दोस्रो अर्धशतक हो । नेपाल नियमित अन्तरालमा विकेट गुमाएपछि दबाबमा परेको छ । ताजा अवस्थामा नेपालले आठ विकेट गुमाइसकेको छ । ३३ ओभरमा नेपालले एक सय ४३ रन बनाएको छ ।

त्रिकोणात्मक सिरिजका अघिल्ला तीन खेलमा सुदृढ प्रदर्शन गरेका ब्याटरले अन्तिम खेलमा भने निराशा बनाएका छन् ।