प्रचण्डप्रति ओलीको टिप्पणी : जनयुद्धका सहयोद्धालाई धोका दिनेले मलाई धोका दिनु के ठूलो कुरा ?

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादीले जनयुद्धको नामले हिंसात्मक यात्रा सुरु गरेको बताएका छन् । ओलीले नेपालमा ठूला ठूला आन्दोलन भएको र पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्डले हिंसाको बाटो हिँडेर हजारौंको क्रुरतापूर्वक हत्या भएको बताए ।

‘जनतालाई धोको दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभो भने मलाई ढोका दिनु कुन ठूलो कुरा ?’, ओलीले प्रश्न गरे ।

उनले प्रधानमन्त्री प्रचण्डले युद्धका बेलाका साथी, सिपाहीलाई धोका दिएको जनतालाई धोका दिएको उल्लेख गर्दै आफूलाई धोका दिनु ठूलो कुरा नभएको बताए ।