सुर्खेत पुगेर नेपालले भने– नेकपा ब्यूँतिने अवस्था नरहेपछि आठदलीय गठबन्धन बन्यो

दियो पोस्ट  

काठमाडों । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा ब्युँतिने अवस्था नरहेपछि आठदलीय गठबन्धन तयार भएको बताएका छन् । आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेसँग पनि संवाद भएको उल्लेख गर्दै एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीलाई एकै ठाउँमा ल्याएर नेकपा ब्युँताउन खोजेको बताए । तर, त्यो सफल नभएको नेपालको भनाइ थियो ।

‘केपी ओलीले वार्ता संवाद गरेपछि हामीले पनि केही सम्भावना छ कि भने सम्भावनाको खोजी गर्ने काम गरेका थियौँ’ उनले भने, ‘एमाले माओवादी र नेकपा एकीकृत समाजवादी तीनवटै पार्टीलाई मिलाएर २०७५ जेठ ३ को बिन्दुमा अर्थात् नेकपाको बिन्दुमा रहन सकिन्छ कि भन्ने बारेमा हामीले नै पहल गरेका थियौँ । तर, त्यो हाम्रो पहल अगाडि बढ्न सकेन ।’

उनले गणतन्त्र र संघीयताको रक्षाका लागि आठदलीय गठबन्धनमा सहभागी भएको उनले जनाए ।