बिमन किराती
— कबिता
देशमा बेरोजगार र बेथिती भएपछि
सरकारको आलु !
घोषणामा
जनलहर ।
प्रतिपक्षको समुला ! विरोधसभामा
जनलहर ।
सत्ताच्युत राजा को
सत्ता प्रातिको सपात ! षड्यन्त्रमा जनलहर । !
धर्म क्षेत्र मा जनलहर
कुरुक्षेत्र मा जनलहर….।। ! ! ?
हैट !! जनलहर !!
नया ‘जोगीको ढोँगी भविष्यवाणिमा
पनि जनलहर ।
काम गर्न अल्छि लागेर हिँडेका
लाछि वैराग्य चन्डाहरूकापछि पनि जनलहर ।
चिच्याएर भन्न मनलाग्छ
म,तेरो जनलहर हैन ! हैन !! हैन !!..
मेरो देशमा नागरिक भएर बाच्न पाउने
मेरो नैसर्गिक अधिकार माथि हस्तक्षेप नगर ।।।
यहाँ
देवताको नाममा जनलहर !
धर्मको नाममा जनलहर !
जात, लिङ्ग ,वर्ण क्षेत्र को नाम मा जनलहर ।।
भ्रष्टचारमा,या समाज सेवामा जनलहर
चाकडी चाप्लुसीमा या गुन्डागर्दिमा जनलहर।
बिदेसीन एयरपोर्ट मा जनलहर ।
बेच्नरबेचिन अध्यारा गल्लीहरूमा जनलहर ।
सुकर्ममारकुकर्म मा जनलहर ।
देस टुटाउनेहरूको भिडमा जनलहर
देस जूटाउनेहरूको भिडमा जनलहर ।।
जताततै जनलहर
जनलहरै जनलहर,
जताततै मान्छे फालाफाल
जता ततै जनलहर ।
मान्छेले आफ्नो क्षमता अनुसार को काम
र
आवश्यकता अनुसारको दाम नपाएपछि,
शरीर र मस्तिष्कलाई
श्रम र आविष्कार मा लगाउन नपाएपछि,
पागल पनको कृत्य प्रस्तुत गर्ने रैछन् ।
जस्तो की
उपट्याङ र उश्रृङ्खल को माहात्म्य…
अन्धकार खेती ..।
र
दुईहात पाखुरामा
पसीनारपौरख गरेर
जिन्दगी चलाउनेर चलाईदिने
सोझासाझाहरू चै,
तीनै चन्डालहरूका सजनलहर ।।
हुदाँ हुँदा आजभोलि त..
आफ्नो हैसियत अनुसारको
आफ्नै रहर अनुसारले
कोहि ,कसैले,
कुनै ,केहि गरी हाले,
सातहात उफ्रेर ….
देशको लागि
म यो गरी राछु र म त्यो गरी राछु रे !
फेरी ?
कर्म जिवीहरूसँग भिख
माग्दै
सेन्टिमेन्टल ब्याकमेलिङ्ग गर्ने
गोही–अाँसु झार्नेहरूका पछि
पनि
अर्थ न बर्थ
जनलहर रे !! वाफ ! रे !!
जनलहर !!