प्रतिनिधि सभामा जुहारी, खरो प्रश्नमा ५ मन्त्रीको टालटुले जवाफ

Diyo post  

काठमाडौँ, माघ २३ । बुधबारको प्रतिनिधि सभा वैठकमा मन्त्री र सांसदबिच जुहारी चल्यो । सत्ताक्ष र प्रतिपक्षका सांसदहरुले मन्त्रीहरुलाई समसामयिक र सरकारले गरेको कामकारवाहीको बारेमा प्रश्न गरे । फरक यत्ति रह्यो, सत्तापक्षले खुकुला प्रश्न गरेभने प्रतिपक्ष सांसदहरुले निकै कसिला र दह्रो प्रश्न गरे । मन्त्रीहरुले पनि त्यसरी नै उत्तर दिए । सरकारले गरिरहेको र गर्न लागेको कामलाई सकारात्मक तरिकाले ब्याख्या मन्त्रीहरु प्रस्तुत हुन्थे भने आलोचनात्मक ढंगले सरकारलाई जसरी हो तल पार्नुपर्छ भन्ने ढंगबाट खाशगरि नेपाली काँग्रेसका सांसदहरु प्रश्न गर्थे ।

सांसद र गृहमन्त्री बादलबिच प्रश्नोत्तर
बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै गृहमन्त्री रामबहादुर थापाले मुलुकभरका आपराधिक घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिवद्ध रहेको बताए ।

निर्मला हत्या प्रकरण पासविक हत्याकाण्ड र जघन्य अपराध भएको भन्दै सो घटनावप्रति सरकार गम्भीर रहेको र अनुसन्धान जारी रहेको पनि उनले बताए ।

उनले अनुसन्धानले केही समय लागे पनि अपराधीलाई कानुनको काठघरामा ल्याई पीडतिलाई न्याय दिन राज्य प्रतिवद्ध रहेको बताए ।

प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले समग्र मुलुकभरको शान्ति सुरक्षा, कंचनपुरकी निर्मला पन्तको बलात्कार पछिको हत्या लगायत विभिन्न स्थानमा भएका हत्या प्रकरणमा संलग्नलाई पत्ता लगाउने र कारवाही गर्ने काममा भएको प्रगती बारे गृहमन्त्री थापासंग प्रश्न राखेका थिए । सांसद डिला संग्रौलाले निर्मला पन्तको बलात्कार हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरि मुद्धा किन चलाईएको छैन भनी प्रश्न गरिन् ।

सांसदहरु गगन थापा, दिलेन्द्र प्रसाद बडू, राजेन्द्र प्रसाद लिंङदेन,सुजाता परियार र महेश बस्नेतले पुरक प्रश्न गरेका थिए ।

सांसद डाक्टर मिनेन्द्र रिजालले ‘पन्तहत्या, अछाम, काठमाण्डौको काडाघारीमा भएको घटना लगायतमा सरकारको सफलता ९६ प्रतिशत भनेको ? वा यी बाहेक ४ वटा मात्रै सफल बनाउन बाकि रहेको हो कि ? केही आशंकाका मान्छेलाई समात्या छौ, अपराधीलाई समातेका छौनौ भनेर ९६ प्रतिशत सफलतामा राख्नुभएको हो ? बुझाई दिनुहोला ।’ भन्दै अपराधिक घटनाका दोषिलाई पत्ता लगाउन नसकेकोमा गृहमन्त्रीप्रति व्यंग गर्दे प्रश्न गरेका थिए ।

अर्थमन्त्री खतिवडा र सांसदबीच प्रश्नोत्तर

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशको सबै स्थानीय तहमा बाणिज्य बैकको शाखा पुर्याउने निती अनुरुप सरकारले काम गरिरहेको बताएका छन् । सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले ७ सय ५३ वटै स्थानीय तहमा बाणिज्य बैकको शाखा पुर्याउने गरि काम भईरहेको जानकारी दिएका हुन् ।

उनले ७ सय ५३ मध्ये ७ सय ३ वटा स्थानीय तहमा बाणिज्य बैकको शाखा विस्तार भईसकेको र चैत मसान्त भित्र ३० वटा स्थानीय तहमा बाणिज्य बैकको शाखा विस्तार भईसक्ने बताए ।
मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुला जिल्लाको लेकम गाउपालिकामा इजाजत प्राप्त बैकको शाखा कहिले सम्म खुल्छ ? र सबै गाउपालिकाहरुमा बैक सेवा कहिले सम्म पुग्छ भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री खतिवडाले लक्ष्मि बैकले लेकमा शाखा स्थापना गरि संचालन भईरहेको र यसै आर्थिक बर्ष भित्र सबै स्थानीय तहमा वाणिज्य बैकका शाखा पुग्ने र त्यसको आवधिक प्रगतिको निरन्तर अनुगमन गर्ने कार्य नेपाल राष्ट्र बैकबाट भईरहेको बताए।

सांसद राम बहादुर विष्टले जेष्ठ नागरिकले भत्ता बुझ्न बैक खाता खोल्नुपर्ने र पैसा बुझ्न बैक सम्म पुग्नुपर्ने बाध्यताका कारण दुर्गम स्थानमा समस्या भएको भन्दै वडा÷ वडा र दैलो दैलोमा जेष्ठ नागरिकलाई भत्ता पु्याउने व्यवस्था हुन सक्छ सक्दैन भनी प्रश्न गरे ।

जवाफमा मन्त्री खतिवडाले त्यसका लागि पुर्वाधारको विकास गर्दे जानुपर्ने बताए ।
सांसद विरोध खतिवडाले निजी बैकले प्रत्येक गाउपालिकामा पुग्ने प्रतिवद्धता गरेपनि कार्यान्वयमा उदासिनता देखाएकाले आर्थिक बर्षभरिमा सबै स्थानिय तहमा बैकका शाखा पुग्नेमा मन्त्री ज्यु विश्वस्त हुनुुहुन्छ ? भनी प्रश्न गरे ।

सांसद प्रेम सुवालले निजी बैक दुर्गममा पुग्न सक्ने सरकारी नसक्ने ? के सरकारी बैक नीजी भन्दा कमजोर भईसकेको हो ? भनी प्रश्न गरे । सांसद डिला संग्रौला पन्त,दिव्यमणि राजभण्डारी र गगनकुमार थापाले विदेशी मुद्रा सटहीमा सरकारले निर्धारण गरेको सिमाबारे जिज्ञासा राखेका थिए । विदेश भ्रमणमा जादा नेपालीलाई दिएको सटही सुविभा २ हजार ५ सय डलर बाट घटाएर १ हजार ५ सय डलर भएको भन्दै अझै घटनाउने योजना त छैन भनि प्रश्न गरेका थिए ।

मन्त्री खतिवडाले नेपालीहरुको औषत खर्च गर्ने क्षमताको आधारमा सटही सुविधालाई निश्चित सिमामा ल्याउन खोजेको भन्दै उहाँले सरकारको प्रयास विदेशी डलरको संचिति बढाउने रहेको बताए ।

मन्त्री बस्नेत र सांसदबीच प्रश्नोत्तर
बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले सबै प्रदेशमा कम्तिमा एउटा प्राणी उद्यान केन्द्र निर्माण गर्ने गरि सरकारले काम गरिरहेको बताएका छन् । न्यूनतम एक एकवटा प्राणी उद्यान बनाउने गरी योजनाबद्ध रुपमा सातै प्रदेशमा प्राणी उद्यान बनाएर मानव र प्राण्ीबीचको द्धन्द्धलाई न्युन गरेर उत्पादन र राजश्वर बढाउने ढंगबाट सरकारले काम गरिरहेको उनले स्पष्ट पारे ।
उनले भक्तपुरको सुर्यविनायकमा बनाउन लागिएको सुर्यविनायक राष्ट्रिय प्राणी उद्यानको गुरुयोजना स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी गराए ।

सांसद खगराज अधिकारीले पोखरा महानगरपालिका वडा नम्बर ३१ पचभैयामा प्राणी उद्यान बनाउने सरकारको योजना तथा देशभर संचालन भएका प्राणी उद्यान र त्यससम्बन्धी नया आयोजना बारे जानकारी मागेका थिए ।

सांसद महेश बस्नेतले भक्तपुरको सुर्यविनायकमा बनाउन लागिएको सुर्यविनायक राष्ट्रिय प्राणी उद्यानको गर्ने भनिएको प्राणी उद्यान केन्द्र तिब्र गतिमा निर्माणको लागि आग्रह गरे ।

मन्त्री खनाल र सांसदबीचको प्रश्नोत्तर
कृषि तथा पशुपंक्षि विकास मन्त्री चक्रपाणि खनालले खाद्यान्नमा विषाधीको प्रयोग डरलाग्दो अवस्थामा नभएको भन्दै अनुमानको आधारमा विश्लेषण नगर्न आग्रह गरेका छन् ।
उनले प्रचारमा आएजस्तो गरि खाद्यान्न, तरकारी तथा फलफुलमा विषाधीको प्रयोग नभएको दाबी गरे ।

उनलेले हालै गरिएको ७ सय वटा नमुना मध्ये दुईवटा नमुना मात्रै विषाधीयुक्त फेला परेको भन्दै अन्य नमुना खान योग्य रहेकाले विषाधीको प्रयोग भयाभव अवस्थामा नरहेको स्पष्ट पारे ।
काभ्रे, सिन्धुपाल्चोक र नुवाकोट लगायत व्यवसायीक खेती हुने स्थानमा विषाधीको धेरै प्रयोग भएको पाईएपनि खानै नहुने गरि तरकारीमा विषाधी प्रयोग नभएको दाबी उनले गरे ।
सांसद रामबहादुर विष्टले विषाधी रहित खाद्यान्न, फुलफुल तरकारी जनताले कहिले देखि खान पाउँछन् ? भनी प्रश्न गरे ।

सांसदहरु लक्ष्मी परियार, राजेन्द्र कुमार केसी, राजेन्द्र प्रसाद लिङ्देन , डाक्टर मिनेन्द्र रिजाल, देवेन्द्रराज कँडेल लगायतले नेपाललाई विषाधीमुक्त देश घोषणा गर्दा कस्तो होला ? विषाधिरहित कहिले सम्म घोषाण गरिन्छ ? भनी प्रश्न गरेका थिए ।

सांसद लिङ्देनले सिमाना पारीमा नेपालीलाई मात्रै लक्षित गरेर अत्याधिक विषाधी प्रयोग गरिएका तरकारी उत्पादन गरि नेपाल आउने गरेको भन्दै त्यस्ता तरकारीको चेकजाँच गर्ने व्यवस्था छ कि छैन भनी प्रश्न गरे ।

मन्त्री थापा र सांसदबीचको प्रश्नोत्तर


महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले बजेट अभावका कारण सबै प्रदेशमा महिला पुर्नस्थापना केन्द्र निर्माणको काम अघि बढाउन नसकिएको बताएकी छिन् ।
सात वटै प्रदेशमा पुर्नस्थापना केन्द्र निर्माण गर्नुपर्छ भनी राष्ट्रपति महिला उत्थान कार्यक्रमको बजेटलाई प्रदेशस्तरमा हिंसापीडीत महिलाको पुर्नस्थापनाको लागि दीर्घकालिन पुर्नस्थापना कार्यक्रम संञ्चालनका लागि ७० लाख बजेट विनियोजन गरि १७ जिल्लामा अल्पकालिन आश्रयस्थल संञ्चालन भईरहेको बताईन ।


सांसद सरिता न्यौपानेले हिंसा पीडीत महिलाका लागि सातै प्रदेशमा निर्माण गरिने भनिएको आवासगृह निर्माणको काम के भईरहेको छ भनी प्रश्न गरेकी थिईन । उनले काठमाण्डौको सिफलमा केन्द्रीय स्तरको मंगला सहाना दिर्घकालिन पुर्नस्थापना केन्द्र संचालन भईरहेको जानकारी दिईन । सांसहरु पदम गिरी, आशा कुमारी बिक, बिमला बिक लगायतले मन्त्रीसंग प्रश्न गरेका थिए ।

सम्बन्धित खबर