आफैले चलाएको बन्दुकको गोली लागेर एक युवाको मृत्यु

Diyo post  

रोल्पा, माघ २४ । आफैले चलाएको बन्दुकको गाली लागेर आज रोल्पामा एक युवाको ज्यान गएको छ ।

घरमा कोही नभएको बेला आफैले चलाएको बन्दुकले जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी दिपक खड्काले जानकारी दिनुभयो ।

भरुवा बन्दुकले बाया छातीमा प्रहार गर्दा उनको घटनास्थलै मृत्यु भएको थियो । रोल्पामा यस अघिपनि एक नागरिकले आफैलाई गोली हानी हात्महत्या गरेका थिए ।

सम्बन्धित खबर