सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Diyo post  

काठमाडौँ, माघ २४ । सशस्त्र प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर चन्द विरुद्ध विशेष अदालत काठमाडौंमा आज भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

नक्कली प्रमाणपत्र पेश गरी सरकारी पदमा नियुक्ती लिएको भन्दै भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द विरुद्द विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको खुल्न आएको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर