धरान,माघ २५ । मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जनाएका छन् ।
रङ्गशालाको भौतिक पूर्वाधार पूरा गरी सिङ्गारिएको छ । गत साउन पहिलो साता नै मैदानमा घाँस रोपिएको थियो । उक्त घाँसमा अहिले पानी लगाएर हरियो बनाइएको छ । जिल्ला खेलकूद विकास समितिले चालु आर्थिक वर्षको खेलकूदको बजेटबाट रु पाँच लाख ५० हजार लगानी गरेर घाँस रोपेको हो ।
माघ २६ गतेदेखि फागुन ४ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का मानार्थ उपाध्यक्षसमेत रहनुभएका राईले विदेशी टिम ल्याउन एन्फाले पहल नगरेकामा भने गुनासो गरे। “विदेशी उत्कृष्ट टिम ल्याउन एन्फालाई अनुनय विनय गरँे तर सफल भइएन, एन्फाले बेवास्ता ग¥यो”, उनले भने, “२२औँ संस्करण रात्रि समयमा अन्तर्राष्ट्रिय ‘ए’ ‘लेभल’का टिम ल्याएर प्रतियोगिता गराउँछौँ ।”
क्लबका महासचिव प्रताप तामाङका अनुसार उत्तर र पूर्वतर्फ पक्की प्यारापिट बनिसकेको छ । ती प्यारापिटमा करीब पाँच हजार दर्शक अटाउँछन् । पश्चिमतर्फ भने दुई सय र एक सय फिटको प्यारापिट बनेको छ, जसमा दुई हजार थप दर्शक अट्नेछन् । पश्चिमतर्पm नै पाँच सय क्षमताको ‘भिआइपी’ प्यारापिट तयार भइसकेको छ ।
यो वर्षको प्रतियोगितामा लिग च्याम्पियन मनाङमस्र्याङ्दी क्लब, पुलिस क्लब, सङ्कटा, सहार क्लब पोखरा, धरान फुटबल क्लब, मेची नेत्रालय झापा, डाल्पीनास क्यामारुप, भूटान, डालहाउस, एथेलेटिक कोलकता मैदानमा आउने आयोजकले जनाएको छ ।
थ्रीस्टार क्लब र आर्मी क्लब भूटानमा भइरहेको प्रतियोगितामा रहेका कारण सहभागिता जनाउन नसकेको आयोजक क्लबका अध्यक्ष राईले बताए । करीब रु ७० लाख खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले रु आठ लाख र उपविजेताले रु चार लाख पाउनेछन् ।
गत वर्ष थ्रीस्टार क्लब विजेता बनेको थियो । उपविजेता प्रहरी टिम बनेको थियो । (रासस)