काठमाडौं, फागुन ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भएको अनियमितता सम्बन्धमा नेपाल वायुसेवा निगमका अधिकारीहरुसँग बयान लिन सुरु गरेको छ । आयोगले सोमबार निगमका कर्पोरेट डाइरेक्टर रामहरि शर्मा र इन्जिनियर डाइरेक्टर प्रभास कर्माचार्यसँग बयान लिएको हो।
उनीहरुसँग सोमबार सुरु भएको बयान नसकिएपछि मंगलबार पनि बयान लिनेक्रम जारी रहेको थाहा भएको छ । वाइडबडी खरिद प्रक्रिया सुरु हुँदा शर्मा कर्पोरेट डाइरेक्टर थिए ।
अहिले उनी अवकाशभइसकेका छन् भने वाइडबडी विमान खरिद प्रक्रियामा सुरु हुँदाका इन्जिनियरिङ विभागको डाइरेक्टर रहेका कर्माचार्य निगममा मदन खरेल कार्यकारी नियुक्त भएपछि जगेडा पुलमा तानेर राखिएका छन् । (आर्थिक दैनिकबाट)