
काठमाडौं। अष्ट्रेलियामा रहेको एआइबिटी कलेजको नर्सिङ संकाय खारेजीसँगै १२ सय नेपाली विद्यार्थीको विचल्ली भएपछि नेपालका ठुला दलालहरु संलग्न रहेको रहस्य खुल्दै छ ।
नेपाल शैक्षिक परामर्श संघ ( इक्यान) का पूर्व अध्यक्ष राजेन्द्र बराल पनि एआईबिटीको ठगीमा मुछिएका छन्। बराल संचालन गरेको ब्रिलियन्ट एजुकेशन कन्सल्टेन्सीबाट खारेजीमा परेको एआइबिटीमा झन्डै ५० जना बिद्यार्थी गएको खुलेको छ। बराल अहिले गुपचुप छन् । नेकपाका नेता तथा पूर्व मन्त्री राजेन्द्र पाण्डेका पूर्व पिए रहेका पाण्डेको ठूला नेतासँग हिमचिम छ ।

त्यस्तै पटक पटक प्रहरीमा पक्राउ पर्दै छुट्दै आएका नबिन गौतम पनि ठगीमा मुछिएका छन् ।
गौतमले सँचालन गरेको अप्सन एजुकेशन कन्सल्टेन्सीबाट पनि २० जना बिद्यार्थी एआईबिटीमा गएको खुलेको छ। ती सबैको भविष्य अन्यौलमा परेको भएपनि नेपाल सरकारले हालसम्म केही कोशिस गरेको देखिएको छैन ।
गौतम तिनै पात्र हुन् जसलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले नक्कली कागज पत्र बनाएको अभियोगमा मुद्दा चलाएको थियो ।