ओली सरकारले प्रदेश प्रमुख नियुक्त गरेको राजेश अहिराज संघियता खारेजको अभियान्ता !

diyopost.com
दियो पोस्ट  शनिबार, फाल्गुण ०८, २०७७ | १७:०९:३६

काठमाडौं, ८ फागुन । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई बर्खास्त गरिन् । त्यतिमात्रै होइन राष्ट्रपति भण्डारीले रिक्त स्थानमा तत्कालै रौतहटका राजेश झा अहिराजलाई नियुक्त गरिन् ।


संघीय लोकतान्त्रिक गणतन्त्रीक मुलुकको संविधान ल्याउन लामो समय जीवन व्यतित गरेका परियारलाई नियुक्त गरेको १ वर्षमै वर्तमान सरकारले बर्खास्त गरेर उनीमाथि अपमान त गरेको छ नै उनको स्थानमा संघीयता विरोधी र राजावादी धारका व्यक्तिलाई नियुक्त गर्नुले व्यवस्थामाथि विभिन्न आशंका बढ्न थालेको छ ।


सामाजिक सञ्जाल देखि विभिन्न अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को समर्थन गर्ने अहिराज संघीयता खारेजीको अभियानमा लागेका अभियान्ता भएको प्रमाण फेला परेको छ ।


राजावादी पत्रकार देव प्रकाश त्रिपाठीले नेतृत्व गरेको मातृ भूमिका लागि नेपाली अभियानका प्रवक्ता रहेका उनी संघीयता खारेजदेखि आरक्षण खारेज सम्मका अभियान्ता हुन् ।


उनी मातृ भूमिका लागि नेपाली अभियानका प्रवक्ता मात्रै होइनन् केन्द्रीय कार्य सम्पादन समितिका सदस्य समेत हुन् । डा. अहिराजलाई मधेश बाहुल्य क्षेत्र भएको कारण प्रदेश प्रमुख नियुक्त गरिएको सरकारका सञ्चारमन्त्री पार्वत गुरुङ्गले बताएका छन् ।

तर, डा. अहिराज समलग्न रहेको मातृ भूमिका लागि नेपाली अभियानको मुख्य नारा नै जातिय आधारमा दिइएको आरक्षण खारेज गर्नु रहेको छ । त्यस्तै संघीय लोकतान्त्रिक संविधानको आधारमा शुक्रबार राष्ट्रपतिबाट सपथ खाएका अहिराज समलग्न रहेको समुहले संघीयता खारेज नै प्राथामिक मुद्दा रहेको छ ।

संघीयता खारेजीको अभियानमा लागेका अहिराजलाई नै सरकारको सिफिारिसमा संघीय राज्य अन्तर्गर्तको प्रदेश प्रमुखमा नियुक्त गरेर सरकारले संघीयताकै खिल्ली उडाएको छ ।


त्यति मात्रै होइनी उनी समलग्न् रहेको समुहले नेपालमा हिन्दुराष्ट्रसहितको राजतन्त्रको वकालत गर्दै आएको छ । पत्रकार त्रिपाठी हिन्दुवादी वकालत गर्ने व्यक्ति हुन् ।

मधेश मिडिया हाउसका सञ्चालक समेत रहेका अहिराजले सञ्चालन गर्ने पत्रिकाले तराईमा सशस्त्र गतिविधि गरिरहेको आतंकवादी संगठनको सेनामा भर्ति खुलेको भन्दै विज्ञापन छापेको थियो । उनलाई सोही काण्डमा राज्य द्रोहको मुद्दा समेत लागेको थियो । उनलाई पक्राउ गरि जेल चलान गरिएको थियो ।

सम्बन्धित खबर