सिद्धलेक गाउँपालिकामा भ्रष्टाचार : १० महिना अघि जागिर छाडेकी शिक्षिकाको नाममा ‘प्रअ’ले तलब लिएको खुलाशा !

diyopost.com
दियो पोस्ट  बुधबार, माघ १९, २०७८ | २३:०२:२३

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ५ कुम्पुरमा रहेको बाघ बच्छला माध्यमिक विद्यालयमा विगत १० महिनादेखि जागिर छाडेका एक शिक्षिकालाई तलब भने निकाशा गरिँदै पाइएको छ ।

गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको निर्देशन तथा तजबिजमा यसरी गैरकानुनी रुपमा शिक्षिका नै नभएपनि तलब भुक्तानी भने निकालिँदै आएको पाइएको हो । गत वैशाख १ गतेदेखि विहे गरि चितवन पुगेकी प्रावि तहकी शिक्षिका विपना गुरुङको नाममा गैरकानुनी रुपमा मासिक तलब भुक्तानी गरिँदै आएको हो ।

‘उहाँ बैशाख १ गतेदेखि जागिरमा हुनुहुन्न । तर, उहाँको नाममा गाउँपालिकाबाट तलब भुक्तानी गरिँदै आएको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक बहादुर श्रेष्ठले दियोपोस्टसँग भने,‘उहाँको तलबमा अर्को एक जना निजि शिक्षक राखिएको छ । भोली विज्ञापन खुलाएरै भएपनि शिक्षक नियुक्ती गरिनेछ ।’

उनका अनुसार गाउँपालिकाले विपनाको नाममा मासिक १२ हजार रुपयाँ भुक्तानी दिँदै आएको छ । तर, उनी भने १० महिना अघि नै विहे गरेर चितवनमा छिन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मालाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले आफूलाई जानकारी नभएको बताए । ‘मलाई थाहा हुँदैछ म शिक्षा शाखासँग बुझ्छु’ उनले भने ।

शिक्षा शाखाका प्रमुख प्रविनबाबु भट्टराईले भने जागिर छोडेपछि नै उहाँको नाममा भुक्तानी रोकिएको झूटो दाबी गरे । स्रोतका अनुसार गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले राजीतिक आस्थाको आधारमा यसरी पालिकाबाट रकम निकाल्दै दुरुपयोग गर्दै आएका छन् । उनकै लापरबाहीका कारण शिक्षिका विपना गुरुङमाथि समेत भविष्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने संभावना बढेर गएको छ ।

यता उक्त विद्यालयको प्रधानाध्यापक ईन्द्र बहादुर श्रेष्ठलाई माध्यमिक तहको शिक्षकमा लोकसेवाले लिएको परिक्षामा उत्तिर्ण नभएपनि पालिका अध्यक्ष सिलवालले गैरकानुनी तरिकाले नियुक्ती दिएको पाइएको पाइएको छ । उनलाई कुनै पनि परिक्षा नै नलिईकन प्रअ नियुक्ती गरिएको व्यवस्थापन समितिका एक अधिकारीले बताए । उनै प्रअ श्रेष्ठले विपनाको फर्जी हाजिरी गरि तलब निकाशा गरेको समेत स्रोतले बताएको छ । उनीमाथि अख्तियारले छानबीन गरे पालिका अध्यक्ष सिलवाल समेत तानिने देखिएको छ ।

यस विषयमा प्रतिक्रिया लिन प्रअ श्रेष्ठको मोबाइलमा पटक पटक सम्पर्क गर्दा पनि उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

 

सम्बन्धित खबर