याक एण्ड यति र होटल र्‍याडिसनले ३९ करोड भन्दा बढी रोयल्टी नबुझाएको खुलाशा !

diyopost.com
दियो पोस्ट  बुधबार, माघ १९, २०७८ | १२:४७:४८

काठमाडौं । राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यति र लाजिम्पाटस्थित ¥याडिसन होटलमा सञ्चालित क्यासिनोले करोडौं रोयल्टी तथा नविकरण शुल्क नतिरेको पाइएको छ । पर्यटन विभागका अनुसार होटल याक एण्ड यतिले २० करोड ६८ लाख १५ हजार रुपैयाँ नतिरेको पुष्टि भएको छ भने ¥याडिसनले १८ करोड ७६ लाख रुपैयाँ नतिरेको पाइएको छ ।

विभागले बक्यौता रकम भुक्तानी गर्न भन्दै गत कार्तिक ७ गते ३५ दिने र पुस २७ मा पुन १५ दिने म्याद तोकेरै पत्राचार गरेपनि हालसम्म रोयल्टी नबुझाएको पाइएको हो । विभागले यी दुई क्यासिनोलाई ७ दिन भित्र बक्यौता रकम भुक्तानी गर्न अल्टिमेटम दिएको छ ।

यसअघि १३ करोड रुपैयाँ राजश्व नबुझाएको भन्दै पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा टाइगर प्यालेस रिसोर्टका सिइओलाई पक्राउ गरिएको थियो । तर, २० औँ करोड नतिर्ने यी दुई क्यासिनो सञ्चालकलाई भने सरकारले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

सम्बन्धित खबर