हिमपात प्रभावित उत्तरी धादिङका बस्तीहरुमा त्रिपाल लिएर पुगे पूर्व सांसद गुरु बुर्लाकोटी !

diyopost.com
दियो पोस्ट  सोमबार, माघ २४, २०७८ | १८:१६:०९

धादिङ । लगातारको हिमपातका कारण प्रभावित भएका उत्तरी धादिङका बस्तिहरुमा पूर्व सांसद तथा संविधान सभा सदस्य गुरु बुर्लाकोटीको नेतृत्वमा त्रिपाल वितरण गरिएको छ ।

नेकपा समाजवादी पार्टी धादिङका नेता समेत रहेका बुर्लाकोटीको नेतृत्वमा रुबीभ्याली गाउँपालिका १ र २ मा नेपाली सेनाको हेलिकोप्टर मार्फत २ सय ७५ थान त्रिपाल वितरण गरिएको हो ।

त्रिपाल वितरणका लागि रेडक्रस सोसाइटी र जिल्ला प्रशाासन कार्यालय धादिङले समेत समन्वय गरेको थियो । हिमपातबाट प्रधावित २ सय ७५ घरधुरीलाई एकएक थान त्रिपाल वितरण गरएिको हो । रुविभ्याली १ का वडाध्यक्ष मेन घलेलाई उक्त त्रिपाल हस्तान्तरण गरिएको हो ।
नेपाली सेनाको हेलिकोप्टरको प्रबन्ध भने वागमती प्रदेश सरकारले गरेको बताइएको छ ।

सम्बन्धित खबर