सेन्चुरी बैंकका अध्यक्ष श्रेष्ठद्वारा दैनिक पत्रिकाका सम्पादकलाई छुरी हान्ने धम्की !

diyopost.com
दियो पोस्ट  मंगलबार, माघ २५, २०७८ | १२:२०:३२

काठमाडौं । सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले एक दैनिक पत्रिकाका सम्पापदकलाई छुरी हान्ने धम्की दिएका छन् । उनले आर्थिक राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक प्रल्हाद रिजाललाई यस्तो धम्की दिएका हुन् ।

आर्थिक दैनिकले सेन्चुरी बैंक भित्र श्रेष्ठले गरेको वित्तिय सुशासन विपरितका गतिविधिबारे समाचार प्रकाशन गरेको थियो । प्रकाशित समाचारको विषयमा कुराकानी गर्न श्रेष्ठ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रेस युनियनका निवर्तमान महासचिव अजय बाबु सिवाकोटीलाई प्रयोग गरेर हिमालय होटलमा पुगेका थिए । रिजालाई भेटको क्रममा श्रेष्ठले छुरी हान्ने धम्की दिएका हुन् ।

आइतबार भएको उनीहरुबीचको भेटघाटमा श्रेष्ठले ‘मेरो बैंकको विरुद्ध समाचार लेखेको कारण मेरो श्रीमतीले मलाई आर्थिक दैनिकको कार्यालय अगाडी पुर्याइदिनुस्, म त्यो समाचार लेख्ने सम्प्पादकलाई छुरी हान्छु भनेकी छिन्,’ भन्दै धम्की दिएका थिए । जवाफमा रिजालले ‘छुरी हान्न पत्रिकाको कार्यालयमै आउनुस् म कुरिरहन्छु’ भनेका थिए ।

निर्दलीय पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहको घर परिवारका सदस्यलाई विदेश भ्रमण गराउने नाममा विभिन्न धन्दा गरेको श्रेष्ठमाथि आरोप छ ।

सम्बन्धित खबर