सिद्धलेकको बाघ बच्छला माबिमा भ्रष्टाचार भएको विद्यालयकै विज्ञप्तिद्वारा पुष्टि !

diyopost.com
दियो पोस्ट  बिहिबार, माघ २७, २०७८ | २२:२७:४०

काठमाडौं । धादिङ्गको सिद्धलेक गाउँपालिका ५ स्थित बागबच्छला माविमा भ्रष्टाचार भएको पुष्टि भएको छ ।

प्रधानाध्यापक ईन्द्र बहादुर श्रेष्ठले निकालेको विज्ञप्ति अनुसार विद्यालयमा जागिर छोडीसकेका शिक्षकको नाममा तलब भत्ता निकालेको पुष्टि भएको हो । गत वैशाखदेखि नै जागिर छाडेकी विपनामाया गुरुङ्गको नाममा गाउँपालिकाबाट गैरकानुनी रुपमा तलब भत्ता भुक्तानी लिइएको र हालसम्म विज्ञापन समेत प्रकाशन नगरि तलब मात्रै भुक्तानी लिएको विषयमा दियोपोस्ट डटकमले खबर प्रकाशन गरेको थियो ।

 

उक्त खबरलाई पुष्टि गराउँदै यही माघ २६ गते विद्यालयले प्रेस विज्ञप्ति जस्तो देखिने तर वास्तविकता भने माइन्युट सार्वजनिक गरिएको हो । समाचारको खण्डनको नाममा प्रकाशन गरिएको त्यस्तो विज्ञप्तिमा शिक्षिका गुरुङ्गले २०७७ चैत्र देखि नै जागिर छाडेको स्विकार गरिएको छ । उनको नाममा पालिकाबाट मासिक १० हजार र १२ हजार रुपैयाँ निकालिएको समेत स्विकार गरिएको छ ।

विज्ञप्तिमा कुनै पनि विषय स्पष्ट पारिएको छैन । एकातिर शिक्षिकाले २०७७ चैत्र मसान्तमा विवाह गरि जागिर छाडेको बताइएको छ । अर्कोतिर उनले जागिर छोेडेपनि केही समय जागिरमा रहने वा नरहने भन्ने कुराको निर्णय नभएसम्म सट्टा शिक्षक नियुक्त गरिएको दाबी गरिएको छ । तर, सट्टा शिक्षकको रुपमा कसलाई नियुक्त गरिएको र नियुक्त भएको शिक्षकलाई कति तलब दिइयो भन्ने समेत खुलाइएको छैन ।

विपना गुरुङ्गकै नाममा पालिकाबाट आएको अनुदान शिक्षकको तलब भत्ता अन्य शिक्षकलाई भुक्तानी दिइएको झुटो दाबी गरिएको छ ।

तर, एकजना शिक्षकको नाममा आएको रकम अर्को शिक्षकलाई दिनु पनि भ्रष्टाचार नै हो । शिक्षक खाली भएको स्थानमा नयाँ विज्ञापन गर्नुपर्नेमा १० महिनासम्म विज्ञापन नगरिएको विषयमा समेत विद्यालयले गोलमटोल जवाफ दिएको छ ।

सम्बन्धित खबर