तीन व्यावसायी हत्याका प्रमुख योजनाकार ‘अपराध मुक्त समाज’का अध्यक्ष : ऋषी धमलाले गरेका थिए उद्घाटन !

diyopost.com
दियो पोस्ट  शुक्रबार, माघ २८, २०७८ | १३:१६:४८

काठमाडौं । आफ्नै तीन व्यावसायीक साझेदार हत्याको प्रमुख ‘योजनाकार’ अनिल कुमार मण्डल अपराध मुक्त समाज नेपाल नामक संस्थाको अध्यक्ष समेत रहेको पाइएको छ । प्रहरी अनुसन्धानको क्रममा यस्तो खुलेको हो ।

उनले ललितपुरको थेचोमा एक् र मोरङको धनपालथानमा २ जना आफ्ना व्यावसायीक साझेदारको हत्या योजना बुनेका थिए । उनै मण्डलले देशलाई नै अपराध मुक्त नेपाल बनाउने भन्दै अपराध मुक्त समाज नेपाल (क्राइम फ्रि सोसाइटी) ‘सिएफएसआई’ नामक संस्था खोलेको पाइएको हो ।

 

उनले अपराध मुक्त समाज नेपाल नामक संस्थाको उद्घाटन नै टेलिभिजन प्रस्तोता ऋषी धमला गराएका थिए । दियोपोस्टलाई प्राप्त भिडियोमा अनिल कुमार मण्डलको सपना र सोचबारे धमलाले बखान गरेका छन् ।

त्यति मात्रै होइन सिएसएफआईको अनलाइन मिडिया समेत सञ्चालन गरेको पाइएको छ । सिएफएसआई नेटवर्क नामक अनलाइन दर्ता नभएपनि संचालन गरेको भने पाइएको छ । उनले उक्त अनलाइनमा समाचारहरु समेत अपडेट गर्दै आएको देखिन्छ । यता उनीद्वारा सञ्चालित संस्था भने जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता भएको र उनीविरुद्ध यसअघि नै ठगी मुद्दा समेत लागेको पाइएको छ ।

 

धन कमाउने महत्वकांक्षले मण्डल जग्गा दलाल बनेको र सोही क्रममा उनले तीन जनाको हत्या योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ । सिराहको सिराह नगरपालिका २१ लगडी टोल घर भएक ३१ वर्षिय मण्डल पेशाले सिभिल ईन्जियनर समेत हुन् ।

उनले सप्तरीको शम्भुनाथ गाउँपालिका ४ घर भएका शम्भुनाथ चौधरी, सुनसरी धरान उपमहानगरपालिका ३ का राजेन्द्रकुमार श्रेष्ठ र तेह्रथुम संक्रान्ति गाउँपालिका २ घर भएका मोहन लिम्बुको हत्या गरेका थिए ।

 

सम्बन्धित खबर