काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्ट सम्झौता संसदमा टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो ।
आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो । माओवादी केन्द्रले विपक्षमा मतदान गरे एमसीसी पास हुन निकै कठिन हुने जनाइएको हो ।