प्र्यांक भिडियो बनाएको अभियोगमा युटुबर आकाश सेढाइँ पक्राउ

diyopost.com
दियो पोस्ट  बुधबार, फाल्गुण ०४, २०७८ | १४:३०:३२

काठमाण्डौं । प्र्याङ्क भिडियो बनाएको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालीका ४ आर्दश टोल घर भई हाल भक्तपुर बस्ने २७ बर्षीय आकास सेँढाई रहेका छन् ।

नेपाली प्रयाङकर्ष नामक युट्युव च्यानल खोली सेढाईले सर्वसाधारणलाई सास्ती र हैरानी दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको साइबर व्युरोले जनाएको छ ।

पक्राउ परेका सेढाईलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी प्रधान कार्यालय साइबर व्युरोले जनाएको छ ।
गृहमन्त्रालयले प्र्यांक भिडियो बनाउनेमाथि कारबाही गर्ने चेतावनी दिएको थियो ।

सम्बन्धित खबर