काठमाडौं । नेकपा एमालेका पूर्व मन्त्री तथा सांसद मोहन बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक शिक्षिकालाई बलात्कार गरेको अभियोगमा उनलाई जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो ।
तत्कालिन केपी ओली सरकारको पालामा १० दिने मन्त्री बनेका बानियाँले जुम्ला घर भएकी एक शिक्षिकालाई नेपालगञ्जस्थित होटल अप्सरामा लगेर बलात्कार गरेको आरोप छ ।
२५ लाख रुपैयाँको चेक लिन आउ भन्दै होटलमा बोलाएको र आफूलाई दिनुपर्ने उक्त रकम नदिई बलात्कार गरेको ती शिक्षिकाको दाबी छ । सिसिटिभी फूटेज अनुसार उनीहरु दुबै जना विहान ८ बजे होटलबाट बाहिर निस्किएका थिए ।
बाँके प्रहरीका अनुसार मुगुका सांसद समेत रहेका बानियाँले होटलको कोठा भने आफ्ना बडिगार्डको नाममा बुक गराएका थिए ।
जिल्ला अदालतबाट पक्राउपूर्जी जारी भएपनि सभामुखबाट पक्राउ अनुमति आएको छैन । तर, सुचना बाहिर लिक भएपछि सांसद बानियाँ फरार भएका छन् ।