एमसीसी विरुद्ध सडकमा उत्रिएका वाईसिएल अध्यक्षको टाउकोमा प्रहरीको लाठी

diyopost.com
दियो पोस्ट  बुधबार, फाल्गुण ०४, २०७८ | १८:०६:३१

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध सडकमा उत्रिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालका अध्यक्ष सुमन देवकोटामाथि प्रहरी लाठी प्रहार भएको छ ।

बानेश्वरस्थित संसद भवन घेराउका लागि पुगेका वाइसिएल कार्यकर्ताको नेतृत्व गर्न पुगेका उनीमाथि प्रहरीले लाठी प्रहार गरेको हो । प्रहरीको लाठी प्रहारबाट उनको टाउको फूटेको छ ।

प्रहरीले बानेश्वर लगायत क्षेत्रमा प्रदर्शनकारीमाथि लाठी र अश्रु ग्याँस प्रहार गरिरहेको छ ।

सम्बन्धित खबर