पूर्वआर्थिक मामिला मन्त्री झापड बोहरा दम्पत्तिकै सम्पत्ति लिलामीको सुचना !

diyopost.com
दियो पोस्ट  बुधबार, फाल्गुण ०४, २०७८ | २१:४१:५४

काठमाडौं । नेकपा एमालेका नेता तथा सुदुरपश्चिम सरकारको पूर्व आर्थिक मामिला मन्त्री झापड बहादुर बोहरा दम्पत्तिको सम्पत्ति लिलाम विक्री हुने भएको छ । सनराईज बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले १५ दिन भित्र सम्पत्ति लिलामी गर्ने सुचना निकालेको हो ।

बुधबार प्रकाशित एक दैनिक पत्रिकामा बोहरा र उनको पत्निको तस्विर समेत छापिएको छ । यसअघिको एमाले माओवादीको संयुक्त सरकारमा उनी आर्थिक मामिला तथा योजना मन्त्री थिए । समिकरण बदलिएपछि गत पुस २२ गते उनले पदबाट राजिनामा दिएका थिए ।

मन्त्री बोहराले सञ्चालन गरेको जेबी अटोबोइल्सले लिएको ऋण नतिरेपछि बैंकले सम्पत्ति लिलामीको सुचना निकालेको हो । बैंकले बोहोराका छोरा कृष्ण बहादुर बोहराको तस्विर समेत छापिएको छ । उनीसमेत जमानतकर्ता भएका कारण बैंकले लिलामी सुचना निकालेको हो ।

बैंकले बैंकको नाममा हाइपोठिकेशन अन्तर्गत धितो सुरक्षण गरिएको ऋणी फर्मको स्टकमा रहेको मालसामानहरु लिलामी गर्ने जनाएको छ । बैंकले धितो बिना नै ऋण दिएको समेत देखिएको छ ।

सम्बन्धित खबर