काठमाडौं । सरकारले नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत सिइओ रामेश्वर भट्टराईलाई सरकारले बर्खास्त गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले उनलाई बर्खास्त गरेको हो । उनी विरुद्ध सर्वोच्च अदालतले २ वर्ष कैद सजाय फैसला गरेको थियो ।
कैद सजाय फैसला गरेका उनलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले वन निगमको सिइओ नियुक्त गरेको थियो ।