काठमाडौं । नेपाल प्रहरीमा तीन जना अतिरिक्त प्रहरी महानिरिक्षक एआइजीको दरबन्दी थप भएको छ ।
दरबन्दी थपसँगै आइजीपीको प्रतिष्पर्धीहरु थपिएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले तीन जना एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले दरबन्दी थपको निर्णय गरेसँगै प्रहरी प्रधान कार्यालयले केहीदिन भित्रै डिआइजीहरु मध्येबाट एआइजीको नाम सिफारिस गर्दैछ ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले आजैदेखि प्रतिष्पर्धी एआइजीहरुको बढुवा सिफारिस शुरु गर्दैछ ।