काठमाडौं । सरकारले धितापत्र बोर्डमा दुई वटा नागरिकता भएका व्यक्तिलाई नियुक्ती दिएको छ । बोर्डको अध्यक्षमा नियुक्त भएका गैरआवासीय नेपाली संघ (एनआरएन)का नेता रमेश कुमार हमालको दुई वटा नगारिकता रहेको पाइएको छ ।
उनले यसअघि नेपाली नागरिकता त्यागेर थाइल्याण्डको नागरिकता लिएका थिए । थाइ नागरिक भएपछि नै उनी गैर आवाशिय नेपाली संघ थाइल्याण्डको अध्यक्ष बनेका थिए ।
बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो । बोर्डको अध्यक्ष हुन नेपाली नागरिक हुनुपर्ने अनिवार्य छ ।सामान्यतया नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता धारण विदेशमा बस्दै आएका नेपालीलाई गैरआवासीय नेपाली भन्ने गरिन्छ ।
त्यसरी नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका ब्याक्तिहरुको संगठन हो । गैरआवासीय नेपाली संघ ।
त्यही गैरआवासीय नेपाली संघ थाइल्यान्डको पूर्व अध्यक्ष हुन् रमेश कुमार हमाल । उनी सन २००७ देखि २०१० सम्म एनआरएन थाइल्यान्डको अध्यक्ष बनेका थिए ।
उनले थाइल्याण्डको नागरिकता त्यागेको विषयमा सरकारले कुनै जानकारी दिएको छैन ।
अध्यक्षको नियुक्तीका लागि गठित छनौट तथा सिफारिस समितिका अनुसार ५ जनाकाे नाम सर्ट लिस्टमा परेका थिए । टोखा ६ का कृष्ण प्रसाद पोखरेल, तेह्रथुमका खगेन्द्र कटुवाल, धनगढीका डा. गोपालप्रसाद भट्ट, काठमाडौंका निरज गिरि र भैँसेपाटीका रमेश कुमार हमालकाे नाम सर्ट लिस्६मा परेका थिए ।