गोरखापत्रमा फसाइए प्रधानमन्त्री : २ वर्षअघि नै उद्घाटन भएको संस्करणमा फेरी शुभकामना !

diyopost.com
दियो पोस्ट  शनिबार, फाल्गुण ०७, २०७८ | १२:४९:०९

काठमाडौं । गोरखापत्र दैनिकले आजदेखि कोहलपुर संस्करण उद्घाटन गर्ने भन्दै प्रथम पृष्ठमै विज्ञापन प्रकाशन गरेको छ । तर, आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भनिएको कोहलपुर संस्करणको उद्घाटन २ वर्षअघि नै तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाले गरेको पाइएको छ ।

 

२०७६ फागुन ६ गते तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेको कोहलपुर संस्करण प्रधानमन्त्री शेरबहादुर देउवाको बहालीबाट आज फागुन ७ गते फेरी उद्घाटन गर्ने गोरखापत्रको तयारी छ ।

गोरखापत्रमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र संचारमन्त्री गोकुल बास्कोटाको शुभकामना सन्देश समेत छापिएको छ । गोरखा पत्रका तत्कालिन विज्ञ सल्लाहाकार टिकाराम राईले सामाजिक सञ्जालबाटै २ वर्षअघि नै कोहलपुर संस्करण उद्घाटन भएको बताए ।

‘हनुमानहरुले प्रधानमन्त्री शेरबहादुर दुउवालाई फसाउन आँटेछन् । गोरखापत्र दैनिक कोहलपुर संस्करण त तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाले दुई वर्षअघि नै उद्घाटन गर्नुभएको हो,’ राईले भने ।

यता गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले भने पश्चिमबाट ३ वटै प्रदेशबाट एकैसाथ गोरखापत्र प्रकाशित हुने बताए । ‘कोहलपुरबाट हामीले पश्चिम क्षेत्रको आफ्नै संस्करण सुरुवात गरेका छौँ । हरेक विहान तपाईंले आफ्नै घर आगनमा गोरखापत्र तथा यसका अन्य प्रकाशन प्राप्त गर्न सक्नुहुनेछ । अब गोरखापत्रका प्रकाशनहरुको उपस्थिति र पहुँच पश्चिमका तीनवटै प्रदेशमा अझ सहज र व्यापक हुनेछ,’ अध्यक्ष सुवेदीले प्रकाशकीयमा भनेका छन्,‘यो क्षेत्रको समृद्धि तथा यहाँको संस्कृति तथा सम्पदाको प्रवद्र्धन तथा सम्बद्र्धन पनि हामीले महत्वपूर्ण योगदा पुर्याउन सक्छौँ ।’

 

सम्बन्धित खबर