काठमाडौं । संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल हुने भएपछि दलहरुले चर्को विरोध गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालका नेताहरुलाई अमेरिकी मन्त्री डोनाल्ड लुले धम्की दिएपछि नेपालको संसदमा एमसीसी टेबल भएको बताए ।
‘प्रधानमन्त्री शेरबहादुर देउवा र सहयोगी दलका नेताहरु प्रचण्ड र माधव नेपाललाई धम्की आएपछि यो छलफल हुँदैछ । के यो नेपाल अमेरिकी धम्कीबाट चल्ने हो ? भोलीदेखि नेपालमा अमेरिकी झण्डा आउँदैछ ? अमेरिकी सेना आउँदैछ ? के नेपाली कांग्रेसलाई अब हामी नेपाली होइन भन्ने हो ? यो जनताको प्रश्न हो ?,’ सुवालको प्रश्न छ,‘‘अमेरिकी फाँसीवाद र तानासाह नेपालमा किन ल्याउँदैछ ?’