काठमाडौं । अमेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पोरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा टेबल भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् ।
संसदमा नाराबाजी चलिरहेको छ । नेकपा एमालेले भने सभामुख अग्नि सापकोटा विरुद्ध नाराबाजी गरिरहेको छ ।