काठमाडौं । संसदमा एमसीसी सम्झौता पेश गरिएको विरोधमा आन्दोलनमा उत्रिएको माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चासिंहसहित एक दर्जनबढी विद्यार्थी नेता घाईते भएका छन् ।
बानेश्वरस्थित संसद भवन घेराउका लागि आन्दोलनमा उत्रिएका उनीहरुमाथि प्रहरीले दमन गरेको हो । प्रहरीले गरेको लाठीप्रहहाररबाट पञ्चा सिंह, केशव रावलसहित एक दर्जन विद्यार्थी नेता घाईते भएका हुन् । अध्यक्ष पञ्चाको खुट्टा पछाडीको भाग र अनुहारमा समेत चोट लागेको छ । घाइतेहरुलाई नजिकै रहेको एभरेष्ट अस्पतालमा उपचार गरिँदैछ । आन्दोलनमा प्रहरी समेत घाईते भएका छन् ।