दियोपोस्ट समाचार प्रभाव : पर्यटन बोर्ड सदस्य नियुक्त लामालाई राजिनामा दिन आलेको निर्देशन !

diyopost.com
दियो पोस्ट  मंगलबार, फाल्गुण १०, २०७८ | १५:३०:४३

काठमाडौं । पर्यटन बोर्डको सदस्य नियुक्त भएका लिला लामालाई राजिनामा दिन पर्यटन मन्त्री प्रेम आलेले निर्देशन दिएका छन् । पर्यटन मन्त्रालय स्रोतका अनुसार मन्त्री आलेले लामालाई फोन गरेरै बोर्ड सदस्यबाट राजिनामा दिन निर्देशन दिएका हुन् ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालको सिफारिसको आधारमा बोर्डको सदस्य नियुक्त भएका लामाको विषयमा दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेपछि उनलाई राजिनामा दिन निर्देशन दिएको हो ।

नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका रिजालले आफ्नै दलको पर्यटन विभाग सदस्य समेत रहेका लामालाई बोर्ड सदस्यमा सिफारिस गरेका थिए । लिला भनिने टासी लामा विभिन्न लुटपाट घटनामा जेल बसेको र जेलभित्रैबाट ब्राउन सगुरको कारोबार समेत गरेको विषयमा दियोपोस्ट डटकमले खबर प्रकाशन गरेको थियो ।

मन्त्री आलेले आफूलाई बोर्डकै उपाध्यक्ष चन्द्र रिजालले फसाएको भन्दै आक्रोश व्यक्त गरेका थिए । पर्यटन बोर्ड सदस्यको नियुक्ती गर्न रिजालले एमालेकै कार्यकर्ता सम्मिलित समिति नै खडा गरेका छन् ।

उक्त सिफारिस समितिले एमाले सम्बद्ध कार्यकर्तालाई पर्यटन मन्त्रालयको विभिन्न निकायमा नियुक्त दिँदै आएको छ । स्रोतका अनुसार रिजालले लामालाई बोर्ड सदस्य बनाउने सर्तमा लाखौँ रुपैयाँ हत्याएका थिए ।

सम्बन्धित खबर