प्रचण्डलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा एकाविहानै खुमलटारमा !

diyopost.com
दियो पोस्ट  बुधबार, फाल्गुण ११, २०७८ | १२:१६:१४

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा दर्ता भएपनि पारित हुन अन्यौल भएपछि प्रधानमन्त्री शेर बहादुर देउवा दौडधुपमा लागेका छन् ।

मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमै भेटेर सहयोगको याचना गरेका उनी बुधबार विहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेका छन् । विहानै देउवा आफ्नो दलबलसहित प्रचण्ड निवास खुमलटारमा पुगेका हुन् ।

यसअघि उनले माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा लगायत नेतासँग समेत गोप्य संवाद गरेका थिए ।

 

सम्बन्धित खबर