सहकारीको आवरणमा ठगीधन्दा : भरोसा नेपाल सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ !

diyopost.com
दियो पोस्ट  बुधबार, फाल्गुण ११, २०७८ | २०:१२:०५

काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय व्युरोको सक्रियतासँगै पछिल्लो समय सहकारीको आवरणमा ठगीधन्दा चलाउने गिरोहका नाइकेहरु पक्राउ पर्ने क्रम बढेको छ । ८ अर्बभन्दा बढी ठगी गरेको आरोपमा एमालेका पूर्व सांसद तथा सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनका मामा ससुरा नाता पर्ने सकारीकै अध्यक्ष केशवलाल श्रेष्ठलाई सिआइबीले पक्राउ गरि मुद्दा चलाएको छ ।

जिल्ला अदालत काठमाडौंको आदेश अनुसार तामाङ र श्रेष्ठ यतिबेला जेलको हावा खाइरहेका छन् । सिआइबीले सहकारी ठगी धन्दामा लागेका अर्का २ अभियुक्तलाई पनि पक्राउ गरेको छ ।

निक्षपकर्ताको ६ करोड २५ लाखभन्दा बढी ठगि गरेको आरोपमा ब्युरोले काठमाडौं महानगरपालिका–३१ पुरानो बानेश्वरमा कार्यालय रहेको भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समितिको अध्यक्ष र उपाध्यक्ष रहेका छन् ।

 

काठमाडौं–३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र काठमाडौं–१६ बस्ने शिव पाण्डे पक्राउ परेका हुन् । उक्त सहकारीको अध्यक्ष बस्नेत हुन् भने उपाध्यक्ष पाण्डे हुन् ।
सहकारीका निक्षेपकर्ता सदस्यहरूले संस्थामा बचत तथा आवधिक खाता खोलेर जम्मा गरेको रकम हिनामिना गरेको आरोप उनीहरूमाथि छ ।

 

सहकारीबाट उठेको रकम सहकारी संस्थाको खातामा नराखी उनीहरूले आफूखुसी आफ्नै परिवार सदस्य तथा आफन्तहरूको नाममा राखेको ब्युरोको अनुसन्धानमा देखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रकम हिनामिना गरेको सिआइबीका प्रवक्ता श्याम कुमार महतोद्वारा जारी हस्तक्षरमा उल्लेख छ ।

 

सम्बन्धित खबर