मदन गुप्ता समुहले तस्करी गरेर ल्याएको ४ ट्रक कपडा प्रहरी नियन्त्रणमा !

diyopost.com
दियो पोस्ट  बिहिबार, फाल्गुण १२, २०७८ | १३:५९:३४

काठमाडौं । ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले भंसार छली गरेर ल्याइएको चार वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।

बीरगन्ज नाका हुँदै भन्सार छली गरेर काठमाडौंका लागि ल्याइएको उक्त ट्रकहरुमा करोडौँ मुल्य बराबरको कपडा तथा मालबस्तु रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख इन्सपेक्टर सुवास भट्टका अनुसार आज विहानै ती गाडीहरु नियन्त्रणमा लिइएको हो ।

स्रोतका अनुसार ती गाडीहरु तस्करको बादसाह भनेर चिनिने मदन कुमार गुप्ता समुहको हो । मंगलबार पनि राजश्व अनुसन्धान विभागले गुप्ताले तस्करी गरेर ल्याएको ट्रक नियन्त्रणमा लिएको थियो ।

तर, बुधबार नै राजश्व अनुसन्धान विभागका डिजी प्रकाश पौडेलको सेटिङमा ती गाडीहरु छाडिएका छन् ।

सम्बन्धित खबर