एमसीसी पारित गर्न संख्या नपुगेपछि सरकारकै आग्रहमा संसद बैठक स्थगित !

diyopost.com
दियो पोस्ट  बिहिबार, फाल्गुण १२, २०७८ | १७:५०:५२

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक स्थगित भएको हो । कार्याव्यवस्था तथा परामर्श समितिको बैठकमा थप एकदिनको समय माग गरेपछि संसद बैठक स्थगित गरिएको हो ।

यद्धपी संसद सचिवालयले भने विशेष कारणबस बैठक बस्न नसकेको भन्ने सुचना जारी गरेको छ । स्रोतका अनुसार एमसीसी पारित हुनका लागि आवश्यक व्यवस्थापिका संसदमा सरकारको पक्षमा बहुमत नपुग्ने भएपछि बैठक स्थगित गरिएको हो ।

‘एमसीसीको सैद्धान्तिक छलफलमा सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि आफ्नो संकट निवारणका लागि बैठक स्थगित गरिएको हो,’ स्रोतले भन्यो,‘एमसीसी सम्झौताको समर्थनमा दलहरुलाई जुटाउन अझै समय आवश्यक पर्ने भएकाले पनि बैठक एकदिन सारिएको हो ।’

सम्बन्धित खबर