काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले फेरी राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । संसद भवन बानेश्वरमा रहेको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीलाई भेट्नका लागि उनी त्यस तर्फ प्रस्थान गरेका छन् । संसद भवन भित्र आफ्नै च्याम्बरमा रहेका ओलीलाई भेट्न देउवा त्यस तर्फ प्रस्थान गरेका हुन् ।
कार्याव्यवस्था तथा परामर्श समितिको बैठकमा थप एकदिनको समय माग गरेपछि संसद बैठक स्थगित गरिएको थियो । नेकपा एमालेले संसदमा सभामुख अग्नि सापकोटामाथि कारबाहीको माग गर्दै अवरुद्ध गर्दै आएको छ ।
संसदमा नेकपा एमालेको सहयोग लिएर एमसीसी पास गर्ने रणनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । एमालेले यसअघिकै सर्त दोहोर्याएको कारण सहमति हुन सकेको छैन । प्रधानमन्त्री देउवालाई भेट्न मंगलबार बेलुका केपी ओली आफू निकट नेताहरुसहित बालुवाटार समेत पुगेका थिए ।