काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध सडक आन्दोलनमा उत्रिएका सर्वसाधरणमाथि प्रहरीले गोली चलाएको छ ।
बानेश्वरस्थित बुद्धनगर चोक नजिकै प्रहरीले सडकमा एक सर्वसाधरणलाई गोली चलाएको हा । गोली प्रहारबाट ती नागरिकको टाउकोमा गम्भिर चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । यतिबेला बानेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।
यता एमसीसी पास गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा भने संसदभवन भित्रै नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सघन वार्तामा छन् ।