यी हुन बुद्धनगरमा प्रहरीको गोलीबाट गम्भिर घाइते प्रदर्शनकारी (भिडियोसहित)

diyopost.com
दियो पोस्ट  बिहिबार, फाल्गुण १२, २०७८ | १९:२५:४४

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध सडक आन्दोलनमा उत्रिएका सर्वसाधरणमाथि प्रहरीले गोली चलाएको छ । बानेश्वरस्थित बुद्धनगर चोक नजिकै प्रहरीले सडकमा एक सर्वसाधरणलाई गोली चलाएको हा ।

गोली प्रहारबाट ती नागरिकको टाउकोमा गम्भिर चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । यतिबेला बानेश्वरको अवस्था तनावग्रस्त बनेको छ । प्रहरीको गोलीबाट घाइते भएको उनको अवस्था गम्भिर छ । प्रदर्शनकारीले उनलाई एभरेष्ट अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

यता एमसीसी पास गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा भने संसदभवन भित्रै नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सघन वार्तामा छन् ।

सम्बन्धित खबर