काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरुद्ध आन्दोलनमा उत्रिएका एक आन्दोलनकारीमाथि प्रहरीले गोली प्रहार गरेपछि ती आन्दोलनकारी अस्पतालमा उपचाररत छन् । उनै आन्दोलनकारीको निधन भएको भन्दै सामाजिक संचालमा अर्कै व्यक्तिको तस्विर भाइरल भएको छ ।
स्थायी घर कञ्चनपुर भएका हेमराज ९हेमन्त० अवस्थीले सामाजिक सञ्जाल मार्फत आफू जिवित छु भनेर लेख्नुपर्ने स्थिति आएको छ । हाल कञ्चनपुरमै रहेका उनले भ्रामक समाचारको पछाडी नलाग्न सामािजक सञ्जालमा आग्रह गरेका छन् ।
उनी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालयका विद्यालयका अध्यक्ष हुन् । उनको मृत्यु भएको भन्दै केही सामाजिक अभियान्ताले सामाजिक सञ्जालमा झूटो खबर फैलाएका थिए ।