काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध सडक आन्दोलनमा उत्रिएका सर्वसाधरणमाथि प्रहरीले गोली चलाएको छ । बानेश्वरस्थित बुद्धनगर चोक नजिकै प्रहरीले सडकमा एक सर्वसाधरणलाई गोली चलाएको हा ।
गोली प्रहारबाट घाईते भएका व्यक्ति २८ वर्षिय हेमराज अवस्थी हुन् । उनी निरन्तर एमसीसी विरुद्धको आन्दोलनमा सहभागी हुँदै आएका छन् ।
बानेश्वरस्थित एभरेष्ट अस्पतालमा सामान्य उपचारपछि उनलाई महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ ।