रीता बुढाथाेकी
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेपछि विराेधमा उत्रिएकाे नेकपा माओवादी केन्द्रले पछिल्लाे समय दैनिकजसाे प्रदर्शन गर्न थालेकाे छ । नेकपा माओवादी केन्द्र निकट बिभन्न संगठनले नयाँ बानेश्वर आज पनि प्रर्दशन गरे ।
प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘एमसीसी चाहिंदैन देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । राष्ट्रवादी केन्द्र नेपालले पनि एमसिसिको बिरोध गर्दै नयाँ वानेश्वरमा प्रर्दशन गरेका थिए ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका राजनीतिक दलका भ्रातृ संगठनले एमसीसीविरुद्ध बानेश्वर क्षेत्रमा विगत एक हप्तादेखि प्रदर्शन गर्दै आएका छन् ।