हसिया बोकेर आन्दोलनमा आएका राप्रपाका कार्यकर्ता यसरी परे प्रहरीको फन्दामा (फोटो)

diyopost.com
दियो पोस्ट  आइतबार, फाल्गुण १५, २०७८ | २३:४५:२८

काठमाडौं । अमेरीकी सहयोग परियोजना एमसीसी संसद भवनबाट पास गर्ने तयारी चलिरहँदा यता सत्तारुढ दलकै कार्यकर्ता भने सडक प्रदर्शनमा उत्रिए । उनीहरुले संसद भवन घेराउ गर्ने भन्दै नाराबाजी गरेर निषेधित क्षेत्र तोड्ने कोशिस गरेपछि प्रहरीले बल प्रयोग गर्नु पर्यो ।

हिजो आज एमसीसीको विरोधमा उत्रिएका सर्वसाधरण र प्रहरीको मुठभेडका कारण दैनिक जसो बानेश्वर क्षेत्र तनावस्त बन्न थालेको छ । आईतबारकोे प्रदर्शनमा राप्रपा नेपालका कार्यकर्ता हसिया सहित आएका थिए । उनीहरुले प्रहरी र निषेधित क्षेत्र कायम गर्न राखिएको फलामको गेटमाथि समेत प्रहार गरेका थिए ।

तस्विरमा हेर्नुहोस्

 

तस्बिर : रीता बुढाथोकी

 

 

सम्बन्धित खबर