काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्क तथा एपीवान टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक लक्ष्मी प्रसाद पौड्याललाई बैंकिङ कसुरको मुद्दा लागेको छ ।’
खातामा पर्याप्त रकम नभएपनि पौड्यालले मनिष महर्जनलाई चेक दिएका थिए । तर, पौड्यालले दिएको चेक नसाटिएपछि उनले चेक बाउन्सको मुद्दा दायर गरेका हुन् ।
२०७८ वैशाख ३ गते दायरको उक्त उजुरीको झण्डै एक वर्ष पुग्न लाग्दा पनि अदालतको सम्पर्कमा पौड्याल नआएपछि गोरखपत्रमा म्याद प्रकाशित गरिएको छ । ३० दिने म्यादमा पौड्यालको तीन पुस्ते सार्वजनिक गरिएको छ ।
म्याद भित्र अदालतमा बयानका लागि उपस्थित नभए कानुन अनुसार कारबाही हुने उच्च अदालत पाटनले चेतावनी दिएको छ ।
लामो समय अन्नपूर्ण मिडिया नेटवर्कको नेतृत्वमा रहेका पौड्याल केही वर्षअघि बाहिरिएका थिए । उनको अन्य विभिन्न कम्पनिहरु समेत लिलामीमा परेका छन् ।