धादिङ । कृषि विकास बैंक धादिङ शाखामा व्यापक अनियमितता भएको पाइएको छ । बैंकको शाखा प्रमुख उपेन्द्र भट्टको मिलेमतोमा बैंकको लाखौँ ऋण आफू निकट व्यक्ति, नातागोतालाई अपचलन गर्ने गरेको पाइएको हो ।
गरिब तथा विपन्नका लागि भनेर प्रदेश सरकारले दिएको अनुदान ऋणमा भट्टले मनोमानी गरेको कागजात फेला परेको छ ।
दियोपोस्टलाई प्राप्त कागजात अनुसार भट्टले आफ्नो नाता पर्ने सिता भट्टलाई फेन्सी पसलको नाममा सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । जबकी उनी आर्थिक रुपमा विपन्न व्यक्ति समेत होइनन् ।
शाखा प्रमुख भट्टको भाउजु नाता पर्ने सिता भट्टलाई बैंकले सहुलियतपूर्ण कर्जा दिलाइएको आरोप छ । भट्टले संचालन गरेको मैदेली फेन्सी एण्ड कस्मेटिक्सलाई बैंकले कर्जा दिएको विषयमा विभिन्न निकायमा उजुरी समेत परेको छ ।
त्यस्तै कर्जा शाखा प्रमुखको रुपमा रहेका भक्तबहादुर रेशमी मगरले पनि आफन्त र नातागोतालाई ऋण सहुलियतपूर्ण कर्जा वितरणमा सहयोग गरेको आरोप छ । उनले समेत ऋणबाट कमिशन लिने गरेको र उक्त कमिशनकै पैसाले धादिङवेशीमा महल नै ठड्याएको आरोप छ ।
यता शाखा प्रमुख भट्टले पनि सहुलियतपूर्ण कर्जा वितरणमा चरम अनियमितता गरेर धादिङदेखि काठमाडौंसम्म घर घडेरी जोडेको आरोप छ ।
यता शाखा प्रमुख भट्ट भने आफूले नातागोतालाई ऋण नदिएको दाबी गर्छन् । यद्धपी मैदेली फेन्सी कस्मेटिक्स भने आफ्नो भाउजुको भएको उनले स्विकार गरे ।
‘म यहीँको लोकल हुँ । मेरो सबै नातागोता पर्छन् । कोही भाउजु, कोही साला पर्छन्,’ उनले भने,‘अहिले प्रदेशले नै सहुलियतपूर्ण कर्जा रोक लगाएको छ । हामीले कसरी दिनसक्छौँ ।’
यता बैंकमा ऋण लिन पुगेका एक ऋणी भने हालसम्म एक सय जनाभन्दा बढी व्यक्तिले भने अण नपाएर लाइनमा बस्नुपरेको बताउँछन् । ‘हामीले एक वर्षदेखि ऋण पाएनौँ । तर, बैंकका शाखा प्रबन्धकले भने आफ्नो नातागोताको नाममा भटाभट ऋण दिनुहुन्छ,’ उनी भन्छन्,‘हामीलाई त जहिल्यै झुलाउने काम मात्रै भएको छ ।’
अपडेट
प्रकाशित समाचारलाई लिएर कृषि विकास बैंक धादिङका शाखा प्रबन्धक उपेन्द्र प्रसाद भट्टले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।
उनले प्रेसित गरेको खण्डनको व्यहोरा जस्ताको तस्तै